देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि , ३२ जना निको
देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३५ सय ४७ नमूना परीक्षणमा १५ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोही समयमा ३२ जना कोरोनामुक्त भएका छन् ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या २९८ रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५ हजार ७२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
८ वैशाख २०७९, बिहीवार १७:३५ बजे प्रकाशित































