सेती प्रयोशालामा थप दुई जनामा संक्रमण पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२२ नमूनाको कोरोना परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल सेतीमा दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
८ वैशाख २०७९, बिहीवार १२:३७ बजे प्रकाशित































