डोटीमा एक पुरुषको शव फेला
डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीका ५५ वर्षीय एक पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय दिलबहादुर बडेलाको शव तीन दिनपछि फेला परेको हो ।
वैशाख २ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा सोही वडाको दाडीया भीरमुनि शव फेला परेको हो। घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
६ वैशाख २०७९, मंगलवार १३:५७ बजे प्रकाशित































