punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मंगलबार सुनको मूल्य तोलामा ४ सयले घट्यो

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले सोमबारको तुलनामा ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर तोकिएको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


६ वैशाख २०७९, मंगलवार १२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु