punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१७ वटा विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन

Chaupati
safha napa

विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्वनका लागि नियमित अनुगमन तथा रिर्पोटिङ र मिडिया परिचालन सम्बन्धी स्थानीय सञ्चारकर्मीहरु संगको बैठक सम्पन्न भएको छ । जि.आइ जेड को सहयोग तथा प्रयास नेपालको कार्यान्वयमा सञ्चालित उक्त आयोजनाबारे धनगढीमा शुक्रबार पत्रकारहरुलाई जानकारी दिइएको हो ।

सो कार्यक्रम कैलालीका दुई वटा स्थानीय तहमा सञ्चालित छ । धनगढी उपमहानगरपालिकाका नौ वटा विद्यालय र गोदवारी नगरपालिकाका आठ वटा विद्यालय गरेर १७ वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको प्रयास नेपाल कैलालीका अध्यक्ष लोकराज जोशीले बताए ।

विद्यालयहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जनचेतना फैलाउने उदेश्यका साथ कार्यक्रमम सञ्चालन गरिएको उनले बताए । गत वर्ष २० वटा विद्यालयमा समिति गठन गरेको भएपनि १७ वटा मात्रै विद्यालयमा काम गरिरहेको उनले जानकारी दिए । १० वटा सूचक र उपसूचक गरेर ती विद्यालयहरुमा श्रोत नक्सा समेत तयार पारेको उनले बताए ।

आफूहरुले सरकारको मापदण्डलाई पालना गर्दै काम गरिरहेको उनको भनाइ छ । विद्यार्थीहरुमा अहिले चेतनाको विकास सगै परिवर्तन समेत आएको उनले बताए । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रलायका शिक्षा महाशाखा प्रमुख लोकेन्द्र प्रसाद भट्टले बालबालिकाहरुमा संस्कारको विकास ल्याउन आवश्यक रहेको बताए । प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार नै रहेको उनले बताए ।संस्थाले विद्यालय सरसफाई सुधारमा गरेका प्रयास र चुनौति लगायत विषयमा राम बाँनियाले कार्यपत्र प्रस्तुत गरेका थिए।


२ वैशाख २०७९, शुक्रवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु