punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितुवाको छालासहित तीन जना पक्राउ

Chaupati
safha napa

काठमाडौंमा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २६ स्थित मित्रनगरबाट तीन जनालाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगर-१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ छन्।

उनीहरूले बोकेको झोलामा चितुवाको छाला बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए।उनका अनुसार चितुवाको छाला दुई मिटर १० सेन्टिमिटर लामो र एक मिटर ३० सन्टिमिटर चौडाइको छ। पक्राउ परेका तीनै जनालाई शुक्रबार छालासहित डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।


२ वैशाख २०७९, शुक्रवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु