punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोहन्याल गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Chaupati
safha napa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष स्व. नवलसिंह रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत तथा निर्माण व्यवसायीसमेत १४ जना तथा एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनिहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

नदीजन्य पदार्थको बिक्रीकर संकलनमा गाउँपालिकाका पदाधिकारी, कर्मचारी र न्यु बडिमालिका निर्माण सेवाका ठेकेदराले मिलेमतोमा सम्झौता गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले उनीहरूमाथि छानबिन गरेको थियो ।

मोहन्यालका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं.२ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ४ का वडा अध्यक्ष टेक वहादुर बोगटी, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरू राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराईसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि कर(vat) बापतको रकम गरी जम्मा रू.५४,१८,५६८.०९ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारको ठहर छ ।

अख्तियारले उनीहरूविरुद्ध ५४,१८,५६८.०९ -चौवन्न लाख अठार हजार पाँचसय अठ्सठ्ठी रुपैयां नौ पैसा) बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकर बहादुर शाहसमेतलाई ५६,००३४८.६१ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

 


२ वैशाख २०७९, शुक्रवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु