सुदूरपश्चिम प्रदेश सभा सचिवालयको सचिवमा बोगटी नियुक्त
सुदूरपश्चिम प्रदेश सभा सचिवालयको सचिवमा देवबहादुर बोगटी नियुक्त भएका छन्।
तीन महिनादेखि रिक्त रहेको प्रदेश सभा सचिवालयको सचिव पदमा प्रदेश सरकारले शुक्रबार बोगटीलाई नियुक्त गरेको हो।
बोगटीले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरी सचिव पदको जिम्मेवारी सम्हालेका छन्। उनलाई सभामुख अर्जुनबहादुर थापाले सपथ ग्रहण गराएका हुन् ।
१३ चैत २०७८, आइतवार २२:०१ बजे प्रकाशित































