punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमरगढी नगरपालिकाका प्रमुख ओझा स्नातकोत्तरबाट दिक्षित

Chaupati
safha napa

डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय राजयोग केन्द्र डडेल्धुराको समन्वयमा अन्नाम बिश्वबिद्यालयबाट डडेल्धुरामा पहिलो श्रेणीमा उत्तीर्ण गरेकोमा सम्मानित भएका छन् । अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझा (विपिन)ले योगा र शिक्षाको महत्व बिषयमा स्नातकोत्तर पास गरेका हुन । ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय डडेल्धुरा शाखाले शनिबार एक कार्यक्रमका बिच नगरप्रमुख ओझालाई स्नातकोत्तरको प्रमाण -पत्र हस्तान्तरण गरेको छ । प्रमाण पत्र हस्तान्तरण गर्दै नगरप्रमुख ओझाले आफुले २०७६ साल मंसिरबाट अध्ययन सुरु गरेको बताए ।

आफुले सिकेको आध्यात्मिक ज्ञान सिप आफ्ना लागी मात्र नभई परिवार,समाज र राजनितिक जिवनका लागी पनि महत्वपुर्ण सिकाई भएको नगरप्रमुख ओझाले बताए । उनले भने,स्थानिय सरकारको जिम्मेवारी लिएको ५ वर्ष बित्दै गर्दा भोलि म यो जिम्मेवारीमा रहुँला या नरहुँला तर म सामाजिक रुपमा जहिले पनि एक सकारात्मक नेताको रुपमा चिनिन पाउँ यो मेरो अहोभाग्य हुनेछ ।

प्रमाण पत्र हस्तान्तरणमा ब्रह्मा कुमारी इश्वरीय विश्वविद्यालयकी सन्चालिका गँगाले योगा र शिक्षाको महत्व बिषयमा स्नातकोत्तरका लागी नगरप्रमुख ओझाको मेहनत समय व्यवस्थापन महत्वपुर्ण रहेको बताइन् ।

No description available.

ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय डडेल्धुरा शाखाको आयोजनामा भएको प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा जिल्ला प्रसासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, राजनितिक दल, समाजसेवि, स्थानिय र पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।


१२ चैत २०७८, शनिवार १४:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु