त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि
त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आज (शनिबार) भएको फाइनलका खेलमा नेपाल पुलिस क्लबलाई तीनै सेटमा पराजित गर्दै आर्मी क्लब च्याम्यिन बनेको हो ।
फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो। उपाधि जितेसंगै आर्मीले नगद चार लाख पाएको छ भने पुलिसले दुई लाख पाएको छ। यस्तै आज भएको खेलमा एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ।
तेस्रो हुने गण्डकीले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।
१२ चैत २०७८, शनिवार १४:२३ बजे प्रकाशित































