punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि, २१० जना संक्रमणमुक्त

Chaupati
safha napa

देशभर थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६४ हजार ६०८ जना निको भइसकेका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५८ पुगेको छ ।

हाल काठमाडौँ जिल्लामा मात्र २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, डोल्पा, हुम्ला, कञ्चनपुर र बाजुरा भने सङ्क्रमणमुक्त भएका छन् ।


१२ चैत २०७८, शनिवार १८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु