punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परशुराम साहित्य महोत्सव दोस्रो संस्करण आजदेखि

Chaupati
safha napa

डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिका द्वारा आयोजित परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण यही आज २२ र २३ गते परशुरामधाममा हुँदैछ। परशुराम नगरपालिकाले यो महोत्सवको दोस्रो संस्करण सञ्चालन गर्न लागेको हो।

गृह मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा साहित्य महोत्सवको आज (बिहीवार) उद्घाटन गरिने छ। यस महोत्सवले सुदूरपश्चिम प्रदेशको साहित्यिक, सांस्कृतिक, आर्थिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्दै प्रदेशको समग्र सम्भावना र विकासको मार्गचित्र प्रस्तुत गर्ने उद्देश्य लिएको बताइएको छ।

नगरप्रमुख भरत बडायर जोशीका अनुसारका प्रदेशको पहिचानलाई समृद्ध बनाउन यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ। साथै प्रसिद्ध धार्मिक स्थल परशुराम धामको प्रचारप्रसारसँगै विकासका लागि पनि यो महोत्सवको उद्देश्य रहेको छ। महोत्सवका मुख्य सत्रहरूमा साहित्यिक विमर्श, संस्कृति, इतिहास, पर्यटन, प्रविधि, राजनीति, शिक्षा र युवाका अवसरहरू समेटिएका छन्


२२ फागुन २०८१, बिहीवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु