punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

Chaupati
safha napa

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ । दीपेन्द्रसिंह ऐरीको शतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ . नेपालका लागि दीपेन्द्रले १०५ रन बनाए । यस्तै देव खनालले ७२ रन बनाए भने रोहित पौडेलले ३५ र भीम शार्कीले २६ रन बनाए । कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए । मिडल अर्डरले उत्कृष्ट ब्याटिङ गरेको इनिङ्समा नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालले तीन ओभरभित्र दुवै ओपनरलाई गुमाएको थियो ।

कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै रोएल डक आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ । पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् । यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए । नाओले नै अनिललाई विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए । पावर प्लेमा नेपालले २ विकेट गुमाएर ३१ रन बनाएको थियो । दुवै ओपनर आउट भएपछि देव खनाल र दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ्स सम्हालेका थिए । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरे ।

यी दुईले २८.१ ओभर सँगै खेल्दै १२९ रनको साझेदारी गरे । नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेको यो सर्वाधिक साझेदारी गरे । यसअघि शुक्रबार पीएनजीविरुद्धकै खेलमा रोहित पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए । देव र दीपेन्द्र दुवैले अर्धशतक बनाएपछि नेपालको रन गति बढेको थियो । अघिल्लो खेलमा पीएनजीविरुद्ध डेब्यु गरेका देव खनालले दोस्रो खेलमा आएर पहिलो अर्धशतक बनाएका हुन् । उनले ८६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।त्यसपछि दीपेन्द्रले रोहित पौडेलसँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । चौथो विकेटका लागि दीपेन्द्रसँग ५८ रनको साझेदारी गरेपछि रोहित ४०औं ओभरमा आउट भए । रोहितलाई चाड सपरले बोल्ड गरे । अघिल्लो खेलका शतकधारी रोहितले ३६ बल खेल्दै ३ चौका मद्दतमा ३५ रन जोडे ।

त्यसपछि दीपेन्द्रले पाँचौ विकेटका लागि भीम शार्कीसँग ५५ रनको साझेदारी गरे । ४७औं ओभरमा शतक पूरा गरेका दीपेन्द्र अर्को ओभरमा आउट भए । उनले १४० बल खेल्दै ७ चौका मद्दतमा १०५ रन बनाए । ४८औं ओभरमा नेपालले दीपेन्द्रसहित तीन विकेट गुमायो । दीपेन्द्रलाई चाड सोपरबाट क्याचआउट गराएका पीएनजीका नोर्मन भानुअले अर्को बलमा भिम शार्कीलाई बोल्ड गर्दै लगातार दुई विकेट लिए । भीमले १९ बल खेल्दै १ चौका र १ छक्कामा २६ रन जोडे । त्यही ओभरको अन्तिम बलमा भानुअले ४ रन बनाएका आरिफ शेखलाई रनआउट गरे ।

नेपालको विकेट जाने क्रम रोकिएन । ४९औं ओभरको पहिलो बलमा पवन सर्राफ खाता नखोली आउट भए । उनलाई नाओले विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए । नेपालले ७ बलको अन्तरमा ४ विकेट गुमाएको थियो । त्यसपछि कप्तान सन्दीपले लेट केमियो खेले । उनले ९ बल खेल्दै २ चौका र १ छक्कासहित अविजित २४ रन बनाए । अन्तिम ओभरको तेस्रो बलमा पीएनजीका फिल्डरले सन्दीपको क्याच ड्रप गरेका थिए । सन्दीपले अन्तिम ओभरको सबै ६ बल खेल्दै १६ रन जोडेका थिए ।बलिङमा पीएनजीका लागि अलेइ नाओले ३, नोर्मन भानुअले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १ विकेट लिए ।


१२ चैत २०७८, शनिवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु