punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड, दुर्गेश थापाको प्रस्तुति रहने

Chaupati
safha napa

धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ आज हुँदै छ । कैलालीको धनगढी रंगशालामा बेलुका ५ बजेदेखि अवार्ड कार्यक्रम सुरु हुने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

धनगढी रंगशालमा गएर प्रत्यक्ष रुपमा अवार्ड कार्यक्रम हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने छ । टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ ।

आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । अवार्डमा विभिन्न सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ ।

यस्तै कार्यक्रममा मञ्चले आठ विधामा अवार्ड प्रदान गर्नेछ । छ विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुषको मनोनयनमा खोखोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली परेका छन् । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन् । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका, सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीकाय विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् ।

सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी, सावित्री धामी मनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका, पुनरवास नगरपालिका, परशुराम नगरपालिका, कृष्णपुर नगरपालिका, कैलारी गाउँपालिका, प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ७, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् ।

अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल, बिवाइडी मोटर, ठाकुर एग्रो इन्ड्रष्टिज, नवजीवन सहकारी र हिमालयन गौरीशंकर डेन्टलले पनि प्रायोजकका रुपमा साथ दिएका छन् । यस्तै फुड पार्टनरका रुपमा पोटली फुड्स, इन्टरनेट पार्टनरका रुपमा भायानेट र हस्पिटालिटी पार्टनरको रुपमा होटेल डिभोटी जोडिएको छ ।


१९ चैत २०८१, मंगलवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु