सलमान खानको कन्सर्ट हेर्न मन्त्री आलेले किने ५ हजारको टिकट
भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कन्सर्टमा पर्यटनमन्त्री प्रेम आले सहभागी हुने भएका छन् ।
उनले ५ हजार रुपैयाँको टिकट खरिद गरेको आयोजक ओडीसी इन्टरनेसनलले जनाएको छ ।
आउँदो १४ जेठमा सलमानले पहिलो पटक प्रस्तुति दिँदै छन् । दशरथ रंगशालामा हुने कन्सर्टमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ दरको टिकट राखिएको छ ।
मन्त्री आलेले सबैभन्दा सस्तो टिकट अनलाइनबाट खरिद गरेका हुन् । उनले केही दिनअघि सलमानसँग भर्चुअल कुराकानी पनि गरेका थिए ।
११ चैत २०७८, शुक्रवार २०:४९ बजे प्रकाशित































