punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

Chaupati
safha napa

धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि हात पारेको हो। उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको छ।

उप–विजेता बनेको कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो।

६५ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान ९/९ रन बनाइन्। बलिङ तर्फ कर्णालीकी श्रीमी सिं थारुले ४ विकेट लिइन्। उसकी विना थापाले २ र एन्जीला थापाले १ विकेट लिइन्।

त्यस अघि कर्णालीको पारी किरण कुमारी कुँवरले एक्लै सम्हालिन्। ६७ बलको सामना गरेकी उनले टिमलाई २९ रनको योगदान दिइन् । बलिङ तर्फ गण्डकीका लागि आकृति तिवारीले २ र मनीषा उपाध्याय तथा ज्योत्सनीका मरासिनीले समान १/१ विकेट लिइन्। खेलको प्लेयर अफ दी म्याच गण्डकीकी ज्योत्सनीका मरासिनी भइन्।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनीका मरासिनी भइन्। उनले नगद २५ हजारसहित ट्रफि प्राप्त गरिन। सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन्। उनीहरूले जनही १०/१० हजार प्राप्त गरिन।

प्रतियोगिताको विजेता, उपविजेता तथा सम्पूर्ण विधागत पुरस्कार विजेता खेलाडीलाई शुक्रबार एक समारोहकाबिच सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङ, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, क्यानका सदस्य वीरेन्द्र चन्दलगायतले एक समारोहका बिच वितरण गरेका थिए।


११ चैत २०७८, शुक्रवार २०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु