punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्टद्धारा सुदूरपश्चिम महोत्सव २०७८ को उद्घाटन

Chaupati
safha napa

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा दुई वर्ष देखि स्थगित भएको महोत्सव आज देखि पुन: संचालनमा आएको छ । महोत्सवको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले चैत १० देखि २० गतेसम्म महोत्सव सञ्चालन हुने बताए । उनका अनुसार महोत्सवमा झण्डै तीन सय स्टलमा राखिएको छ ।

महोत्सव प्रत्येक दिन विहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।
महोत्सवले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धनमा सघाउने आयोजक कैलाली उद्योग बाणिज्य संघले अपेक्षा लिएको छ ।

No description available.२०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको महोत्सवको यो १५ औँ संस्करण हो ।
महोत्सवको आयोजनामा एक करोडभन्दा बढी खर्च लाग्ने र करिब ४ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ ।


१० चैत २०७८, बिहीवार १९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु