punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Chaupati
safha napa

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत तनहुँले आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

 

 


१० चैत २०७८, बिहीवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु