पल शाहका व्यवस्थापक कृष्ण जोशीलाई धरौटीमा छाड्न अदालतको आदेश
अभिनेता पल शाहका व्यवस्थापक कृष्ण जोशीलाई धरौटीमा छाड्न अदालतको आदेश दिएको छ । बलात्कार अभियोगमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा जाँदा सोही मुद्दाको मतियार बनाइएका उनका व्यवस्थापक जोशीलाई भने धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत तनहुँले बिहीबार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन र जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
नाबालिगकमाथि बलात्कार गरेको आरोपित शाहलाई व्यवस्थापक जोशीले सहयोग गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले उनलाई मतियार बनाएर जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।
१० चैत २०७८, बिहीवार २०:१५ बजे प्रकाशित































