punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टीले टिकट दिए धनगढीबाटै चुनाव लड्छु :आरजु राणा

Chaupati
safha napa

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले अहिलेको सत्ता गठबन्धनका राजनीतिक दलहरू आमागी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् । उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् ।

राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन् । उनले भनिन्, ‘संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरू सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा कांग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताइन् ।

स्थानीय तह भनेका जनताको घरआँगनकै सरकार भएकाले उनीहरूका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन कांग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गरिन् ।

उनले आफ्नो विषयको एक प्रश्नमा आफू कैलालीका जनतासँग भिजिसकेकाले पार्टीले टिकट दिए फेरि पनि यहीँबाट निर्वाचन लड्ने बताइन् ।


१० चैत २०७८, बिहीवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु