punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन तहकै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने प्रचण्डको दाबी

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन तहकै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् । चितवन पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताएका हुन् ।

चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने उनको भनाइ थियो । ‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने ।

चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’ चितवनका कांग्रेस नेताहरूले यसपटक केन्द्रले निर्णय लाद्न खोजे पनि आफूहरूले माओवादीसँग गठबन्धन नगर्ने बताउँदै आएका छन् ।

कांग्रेसीहरूले रुखबाहेक अरुमा भोट नहाल्ने उनीहरूको भनाइ छ । तर, दाहालले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरू बीचमा गठबन्धन हुने बताएका हुन् ।

 


१० चैत २०७८, बिहीवार ०९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु