punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

Chaupati
safha napa

छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । दाड, रुपन्देही र बर्दियामा भएका दुर्घटनामा परी चार जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना कुलोमा मृत भेटिएका छन् । लमही नगरपालिका ३ निवासी ३१ वर्षीय किसन चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको लमही नगरपालिका(१ कौडियास्थित भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ५ प ४९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार २८ वर्षीय वीरेन्द्र यादवको बुटवलमा उपचार भइरहेको छ । यस्तै दाङको शान्तिनगर गाउँपालिका-६ कोर्वाङघाटस्थित कुलोमा बबई गाउँपालिका-७ बस्ने ६५ वर्षीया गंगी कुँवर मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै रूपन्देहीको सैनामैना नगरपालिका-४ लखनपाडास्थित सैनामैना मत्स्यपालन फर्ममा काम गर्ने नवलपरासी सरावल गाउँपालिका-७ घर भएका ६७ वर्षीय रामआज्ञा केवट सोही फर्ममा मृत अवस्थामा फेला परेका छन् ।


१० चैत २०७८, बिहीवार ०९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु