punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकारिता पेशामा टिक्न महिलालाई निकै चुनौती

Chaupati
safha napa

सुदूरपश्चिमका पत्रकार महिलाहरुले उनीहरुलाई  पत्रकारिता पेशामा टिक्न निकै चुनौती रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले डडेल्धुरामा आयोजना गरेको पत्रकार महिलाहरूको प्रदेश भेलामा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले बिभीन्न चुनौतीका साथ यो पेशा गरिरहेको बताएका हुन् । उनीहरूले अझै यो पेशामा आबद्ध पत्रकार महिलाहरुले सुरक्षित तरीकाले काम गर्न सक्ने वातावरण सृजना नभएको बताएका हुन्। यस्तै उनीहरुले पेशाको कुनै सुरक्षा नभएको बताएका हुन् ।
अछामका पत्रकार मेनुका ढुंगानाले अझै पनि पत्रकार महिलाले क्षमता हुदाँहुदै पनि नेतुत्वमा आउन नसकेको बताइन् । ‘अवसर पाएमा नेतुत्व लिन सक्छौ, उनले भनिन् महिलाले भएकै कारण नेतुत्व लिनबाट बन्चित गरिनछ ।

पत्रकार उन्नती चौधरीले महिला भएकै कारण पत्रकारिता क्षेत्रमा पनि विभिन्न प्रकारमा हिंसा खेप्नु परिरहेको बताएकी छन् । उनले कामगर्ने कार्यलयदेखि समाजमा पनि पत्रकार महिलाले बिभीन्न समस्या खेप्नु परेको बताएकी हुन् ।

महिला र पुरुषले समान काम गरेपनि तर पनि पारिश्रमिक भने निकै न्युन रहेको अछामकी पत्रकार कल्पना बोहराले बताइन् । ‘काम धेरै छ पारिश्रमिक निकै कम छ,’ उनले भनिन्, ‘बिहानैदेखि राति अबेरसम्म खट्नुपर्ने बाध्यता छ ।’  कैलालीका पत्रकार रक्षा भट्टले तोकीएको पारिश्रमिक उनीहरुले पाउनुपर्ने बताएकी हुन् । मिडीयाका सञ्चालकले पनि यसमा ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले पत्रकार महिलाले पारिश्रमिक निकै कम पाउने तथा पेशाको सुरक्षा नभएका कारण धेरै जना यसमा टिक्न नसकेको बताइन् ।

No description available.

यस्तै पत्रकार रेशु बराइलीले पनि पत्रकारको क्षमता अभिबृद्धि हुने खालका कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छन् । यस्तै उनले पत्रकारीता पेशामा आबद्ध पत्रकार महिलालाई टिकाउन मिडीया हाउसको भूमिका महत्वपूर्ण हुने बताइन् ।
मिडीया संचालकहरुले जुनसुकै बेलापनी विना कारण कामबाट निकाल्ने गरेको हुँदा नियुक्ति पत्र आवश्यक रहेको डडेल्धुराकी पत्रकार भावना पौडेलले बताईन् । धेरै पत्रकार बिना कारण काम निकालिनुपर्ने बाध्यता अझै पनि रहेको उनले बताइन् ।

No description available.

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले उचित पारीश्रमीक नपाएको गुनासो थुप्रै आएकोले यसप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले श्रमसंग जोडीएको समस्यालाई समाधान गर्नकालागी मिडीया हाउसमा अनुगमनको कार्य गर्ने बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सुदूरपश्चिममा कार्यरत पत्रकार महिलाका विशिष्ट समस्याबारे केन्द्रीय समितिमा छलफल गरेर समाधानको लागि पहल गर्ने बताएका छन् ।चैत ८ र ९ गते भएको प्रदेशस्तरीय भेलामा ९ वटै जिल्लाका एक सयभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।

No description available.

दश बुँदे घोषणापत्र जारी
महिला पत्रकारको प्रदेशस्तरीय भेलाले दश बुँदे घोषणापत्र जारी गरेको छ । भेलाकी संयोजक समेत रहेकी पत्रकार महासघं सुदूरपश्चिम प्रदेशकी सदस्य उन्नती चौधरीले भेलामा आएका समस्याहरु समेत समेट्दै घोषणापत्र प्रस्तुत गरेकी थिईन् ।

Open photo


१० चैत २०७८, बिहीवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु