punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चोरी गरेर लगेको गहना ४ महिना पछि फिर्ता

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका स्थित एक घरबाट चोरी भएको सुन चार महिना पछि अज्ञात तरिकाले फिर्ता गरिएको छ । प्रहरीका अनुसार मंगलवार कैलालीको गोदावरी नगरपालिका–१ वनखेतका नविन शाहुको घर अगाडि शंकास्पद अवस्थामा प्रेसर कुकर फेला परेको थियो ।

मान्छेहरु उक्त कुकरमा बम भएको हुनसक्ने भन्दै त्रसित बने । प्लाष्टिकको थैलोभित्र राखिएको उक्त प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो ।

तर टोलीले खोलेर हेर्दा उक्त कुकरभित्र सुन र केही नगद भेटियो । त्योसँगै कुकरमा एउटा पत्र समेत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । पत्रअनुसार त्यो भेटिएको सुन र नगद घरधनी नविन शाहुको थियो ।

उक्त १० तोला सुन र नगद १ लाख शाहुको घरबाट गत मंसीर १४ गते चोरी भएको थियो । चोरी भएपछि प्रहरीमा निवेदन पनि दिइएको थियो। तर आज उनै चोरले त्यो सुन र नगद फिर्ता गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।

उनका अनुसार पत्रमा नविन शाहुलाई विभिन्न सुझाव समेत दिइएको छ । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


८ चैत २०७८, मंगलवार १७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु