punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ४४ जनामा कोरोना संक्रमण, ४८१ जना निको

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८१ जना निको भएका छन् भने हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ हजार ६३७ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३२३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६३ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।यस्तै १० वर्ष मुनिका ३ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।

 


८ चैत २०७८, मंगलवार १६:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु