punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा झन्डै १० हजार म्यादी प्रहरी माग, कुन जिल्लामा कति ?

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा झन्डै १० हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी कुल नौ हजार नौ सय ३७ म्यादी प्रहरी भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलका अनुसार सबै भन्दा बढी कैलाली र सबै भन्दा कम डडेल्धुरामा म्यादी प्रहरी भर्ना गर्न लागिएको बताए ।

कैलालीमा दुई हजार चार सय ५७,कञ्चनपुरमा एक हजार चार सय ६९, बैतडीमा आठ सय १५, दार्चुलामा सात सय ४२, डोटीमा आठ सय १० , डडेल्धुरामा ६ सय ५२, बझाङमा एक हजार ९३, अछाममा एक हजार दुई सय ३१ र बाजुरामा ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने भएको छ ।

गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन लक्षित गर्दे आइतबार (चैत्र ६) गते देखी म्यादी प्रहरीका लागी आवेदन खुला गरेको छ । जसमा सुदूरपश्चिमका नौ वटै जिल्लामा योग्य व्यक्तिलाई म्यादी प्रहरीमा भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

म्यादी प्रहरी हुनका लागी साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलको सदस्य नबनेको, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको व्यक्तिलाई छनौट गरिने प्रहरी वरिष्ठ उपरीक्षक रावलले बताए ।


६ चैत २०७८, आइतवार १५:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु