वडाध्यक्ष कार्कीको निधनमा भेरीगंगा नगरपालिकाले दियो शोक बिदा
सुर्खेतको भेरीगंगा नगरपालिकाले वडाध्यक्ष नवराज कार्कीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ । दुर्घटनामा निधन भएका भेरीगंगा नगरपालिकाका–१ का वडाध्यक्ष कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।
नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी तथा गैरसकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा जनाइएको छ ।
वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
१५ फागुन २०७८, आइतवार ०९:५४ बजे प्रकाशित













