punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

Chaupati
safha napa

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन सुरु हुने भएको छ । आज विहान ११ बजेदेखि धनगढीको कवर्ड हलमा मतदान सुरु हुने निर्वाचन अधिकृत टेक प्रसाद सुवेदीले बताए । जिल्लमा नयाँ नेतृत्व चयनका लागि तीन वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आ–आफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि संस्थापन पक्षकै दुई प्यानल बनेका छन् ।

इतर समूह पनि प्यानलैसहित प्रतिस्पर्धामा उत्रिएको छ । संस्थापन पक्षका निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका हुन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छन् । संस्थापन पक्षमै दुई प्यानल बनेपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् । बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।

शेखर कोइराला पक्षबाट सभापतिमा रामबहादुर कलेलले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन् । आज भइरहेको निर्वाचनमा २ हजार ५ सय ७२ प्रतिनिधिले मतदान गर्नेछन् ।


१५ फागुन २०७८, आइतवार ०९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु