अभिनेत्री रेखा थापाले बलराम शाहीसँग विवाह गरिन्
अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले माघ २२ मा जागरकोटका बलराम शाहीसँग विवाह गरेकी हुन् । थापाले शाहीसँग विवाह गरेको स्वीकार गरिन् । थापाले शाहीसँग अदालती विवाह गरेकी हुन् ।
अमेरिका बसेर व्यवसाय गर्दै आएका शाहीसँग थापाले विवाह गरेकी हुन् । फिल्म निर्माता छवि ओझासँग थापाले पाँच वर्षअघि सम्बन्धविच्छेद गरेकी थिइन् ।
२ फागुन २०७८, सोमवार २०:०९ बजे प्रकाशित































