punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार देशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला प्रतियोगितामा नेपाल आयरल्यान्डसँग पराजित

Chaupati
safha napa

नेपाल चार देशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला प्रतियोगितामा आयरल्यान्डसँग पराजित भएको छ । चार देशीय शृङ्खला अन्तरगतको तेस्रो तथा अन्तिम खेलमा नेपाल १६ रनले पराजित भएको हो।
ओमानको अल अमेरात क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपाललाई आयरल्यान्डले १२८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्र बनाउन सफल बन्यो ।

बलिङका क्रममा नेपालका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए । उनी ब्याटिङतर्फ पनि सबैभन्दा बढी रन लिने खेलाडी बने । उनले ३० बल खेल्दै सर्वाधिक २८ रन बनाएका थिए ।

यसअघि आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रनको योगदान दिए भने कर्टिस क्याफरले २० रन बनाए । कप्तान एन्डी बाल्ब्रिनले १९ रन बनाउँदा लोक्रान टकरले १५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने अभिनास बोहराले २ विकेट लिए । कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।


२ फागुन २०७८, सोमवार २०:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु