punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागूऔषधसहित ६ जना पक्राउ

Chaupati
safha napa

सप्तरीको सप्तकोशी नगरपालिका २ फत्तेपुर ईलाकाबाटसशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीव १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय प्रविण थापा छन् ।

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट ईलाकाबाट पनि सशस्त्र प्रहरीले करीव ५ सय ५५ वटा नाईट्रोजेपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ बस्ने २२ बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट ६ बोतल डाईलेक्स र २ बोतल एसकुफसहित सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठ पक्राउ परेका छन् ।

मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।


२९ माघ २०७८, शनिवार १९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु