punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यदु स्मृति पत्रकारिता पुरस्कार केसीलाई

Chaupati
safha napa

यदु गौतम प्रतिष्ठानले यसवर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ रूकुममा कार्यरत क्रियाशील पत्रकार महेश केसीलाई प्रदान गर्ने भएको छ।

पुरस्कार छनोट समितिको २०७८ माघ २८ गते काठमाडौंमा बसेको बैठकले उनलाई पुरस्कार दिने निणर्य गरेको संयोजक सूर्य थापाले जानकारी दिए ।

सिफारिस समितिका संयोजक सूर्य थापाको अध्यक्षतामा सम्पन्न बैठकमा सदस्य तीर्था गौतम र सदस्य सचिव रूद्र खड्काको उपस्थिति थियो। विगत २० वर्षदेखि निरन्तर यो पुरस्कार यदु स्मृति प्रतिष्ठानले हत्या, हिंसा र अराजकताविरूद्ध शान्ति, सुशासन र अमनचयनको पक्षमा कलम चलाउने पत्रकारलाई प्रदान गर्दैआएको छ।

केसीलाई फागुन २१ गते नगद १५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ।


२९ माघ २०७८, शनिवार १९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु