punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवरुद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित

Chaupati
safha napa

हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ। हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो।
हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो। समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन्। सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ।

हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एअरको जहाज फिर्ता भएको थियो। त्यस्तै तारा र समिट एअरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो।


२९ माघ २०७८, शनिवार २०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु