punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुलिस प्रधानमन्त्री कप टि-२० क्रिकेटको फाइनलमा प्रवेश

Chaupati
safha napa

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार बिहान भएको खेलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो।

१५६ रनको लक्ष्य पाएको बागमतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्र जोड्न सक्यो। बागमतीका लागि अदिल खानले २७ तथा ज्ञानेन्द्र मल्लले २३ रन जोडे। रामनरेश गिरी २२ र रिजन ढकाल १५ रनमा अविजित रहे। अन्य व्याट्सले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीलाई सस्तैमा समेट्न पुलिसका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए। त्यस्तै‚ सागर ढकालले २ तथा आरिफ सेखले १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले पूरै ओभरमा ५ विकेट मात्रै गुमाएर १५५ रन जोडेको थियो। उसका लागि पवन सर्राफले सर्वाधिक ५९ रनको योगदान दिए। दिलिप नाथले नटआउट ३१ रनको योगदान दिए भने अनिल साहले २५ रन जोडे।

बागमतीका नन्दन यादव र रिजन ढकालले २–२ तथा प्रतिस जिसीले १ विकेट लिए। समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी र समूह ‘बी’को बिजेता एपिएफबीचको दोस्रो सेमिफाइनल खेल भर्खर सुरु भएको छ। त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि एपिएफले ब्याटिङ थालेको छ।


४ माघ २०७८, मंगलवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु