प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि गरिएको पीसीआर परीक्षणमा प्रमुख स्वकीय सचिव देउवालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
देउवाले आफूलाई कोरोना संक्रमण देखिए पनि प्रधानमन्त्रीका सचिवालयका अन्यलाई संक्रमण नदेखिएको बताए ।
यसअघि कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पीसीआर परीक्षण गराएका थिए । तर, उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।
४ माघ २०७८, मंगलवार १३:५३ बजे प्रकाशित































