ए डिभिजन लिगः आज नवौं चरणको अन्तिम खेल हुँदै
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार नवौं चरणको अन्तिम खेल हुँदै छ।सोमबार दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा न्युरोड टिम ९एनआरटी० र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
अहिलेसम्म लिगमा एनआरटीले ८ मध्ये २ खेलमा जित र ४ खेलमा बराबरीसहित १० अंक हात पारेको छ।
त्यस्तै जावलाखेलले २ खेलमा जित र २ मा बराबरीसहित ८ अंक जोडेको छ।नवौं चरणमा च्यासल र पुलिसबीचको खेल भने च्यासलका खेलाडीहरुमा कोरोना संक्रमण देखिएसँगै स्थगित भएको थियो।
३ माघ २०७८, सोमवार ०९:५४ बजे प्रकाशित































