punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सय केजी गाँजासहित तीन भारतीय पक्राउ

Chaupati
safha napa

सय केजी लागुऔषध गाँजा तस्करी आरोपमा सुनसरी प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनसरीको बर्जु गाउँपालिका– ५ तीनमुहानबाट सय केजी लागुऔषध गाँजासहित भारत बिहार राज्यको कटहरिया– १० का २६ वर्षीय मिठु राय, पूर्णिया सर्सीका– १८ वर्षीय पंकज महलदार र कटहरिया– १९ का ५० वर्षीय जितेन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो ।

सीमानाकामा गाँजाको ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिबार राति पौने ९ बजे तीनजना भारतीयलाई सय केजी गाँजासहित नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । पूर्वी नेपालको पहाडी जिल्लाहरूमा लुकाइछिपाई उत्पादन हुँदै आएको गाँजा भारततर्फ तस्करी हुने गरेको प्रहरीले बताएको छ ।


३ माघ २०७८, सोमवार १०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु