Alok

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ स्थानीय ५५ बर्सिया मनसरा जैसीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको कोहलपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको आइतबार राती नै उपचारको क्रममा मृत्यु भएको हो । महिलाको मृत्यु पछि आफन्तले कोहलपुरबाट शव ल्याएर सडकमा राखी आन्दोलन थालेका छन् ।

मृतकका परिवारका सदस्य तथा आफन्तहरूले अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्कीमा सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


३ माघ २०७८, सोमवार ०९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु