punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय सभा निर्वाचन : छापियो दुई रङका मतपत्र

Chaupati
safha napa
यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तयार गरेको छ।निर्वाचनका लागि हरियो र रातो गरी दुई रंगका मतपत्रको छपाइ सकिएको आयोगले जनाएको छ।
राष्ट्रिय सभाको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न पाउने छन्।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि रातो र प्रदेश सभा सदस्यका लागि हरियो रङका मतपत्र छपाइ गरिएको हो।

 

स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ।राष्ट्रिय सभाका रिक्त १९ पदमा विभिन्न १२ राजनीतिक दलबाट ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले एक्लै र सत्तारुढ पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिएका हुन्।


३ माघ २०७८, सोमवार ०९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु