दिपक संगमका पाँच गजल
माफ गर्नुहोस् नानी बाबु उधार आउँदैन
पाँच रुपैयाँको नोटले औजार आउँदैन
गाउँमा फर्की फर्की आउने हुलाकी हो
गाउँमा चुनाव जितेको सरकार आउँदैन
ऐ सरकार तैँले देशमै काम दिएको भए
रुँदै देश छोडेर कोही कारागार आउँदैन
सधैँ सधैँ बहिनी माइती घर आउनुहुन्न
बुझ सधैँ सधैँ भाइटिका तिहार आउँदैन
प्रत्येक दिन साहु मेरो आँगनमा आउँछ
यार प्रत्येक दिन यार मेरो पगार आउँदैन
दीपक संगम विश्वकर्मा
टीकापुर कैलाली
१९ मंसिर २०७८, आइतवार १३:४० बजे प्रकाशित































