दार्चुलामा १२ जना एमाले महाधिवेशन प्रतिनिधि छनौट

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट सर्वसम्मत टुंगिएको छ । शुक्रबारबाट सुरु भएको प्रतिनिधि छनौट आइतबार सर्वसम्मत रुपमा छनौट भएको हो ।दार्चुलाबाट प्रतिनिधि छनौटको लागि पुरुष खुलातर्फ ६ जना, महिला ४ जना र दलित २ जना प्रतिनिधि छनौट भएका छन् ।

निर्वाचन समितिका संयोजक हिरासिह धामीका अनुसार खुला पुरुषको लागि १५ जनाको उम्मेदवारी परेको  थियो । जिल्लाबाट खुला पुरुषतर्फबाट रामदत्त जोशी, ज्ञानेन्द्र घर्ती, प्रेमसिह धामी, देवसिह महर, हरदेव जोशी, गेल्बुसिह बोहरा, छनौट भएका छन् । यस्तै महिलातर्फ ४ जनाको लागि ७ जनाको उम्मेदवारी परेको  थियो ।

महिलातर्फ महाधिवेशन प्रतिनिधिको लागि उर्मिला बोहरा, दुर्गादेवी धामी, गौरी बडाल र मेनका अवस्थी सर्वसम्मत हुनुभएको हो । महिला प्रतिनिधिको लागि उम्मेदवारी दिएकामध्ये कमला विष्ट, हिरादेवी अवस्थी, माधवी जोशीले उम्मेदवारी फिर्ता लिए ।

दलित प्रतिनिधितर्फ भने लालबहादुर विश्वकर्मा र दानीराम पार्की सर्वसम्म चयन भएका छन् । एमााले सबै स्थानीय तह र भूगोल मिलाएर प्रतिनिधी छनौट गरेको जनाएको छ ।


२८ कात्तिक २०७८, आइतवार १८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु