दार्चुलामा एक जना मृत फेला

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ८ धापका ६० वर्षिय जोगीराम चुनारा मृत फेला परेका छन् । असिगडा जात्रा हेर्न गएका चुनारा आइतबार गहुँ खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

चुनाराले अत्यधिक मदिरा सेवन गरेको तथा चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक माधव विश्वकर्माको टोली खटिएको बताइएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२८ कात्तिक २०७८, आइतवार १८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु