punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली दोस्रो खेलमा १० विकेटले विजयी

Chaupati
safha napa

वाई वाई यु–१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित निकालेको छ ।टस जित्दै पहिलो ब्याटिङ्ग रोजेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा २१.२ ओभरमा सबै विकेट गुमाएर ४३ रन मात्र जोड्न सफल भएको भयो ।

बलिङतर्फ कैलालीका लागी प्लयेर अफ दि म्याच शेर मल्लले ८ ओभर बलिङ गर्दै ६ विकेट लिए भने नागराज सिंह र बसन्त कार्कीले समान २÷२ विकेट लिए ।

४४ रनको झिनो लक्ष्य लाई कैलालीका पहिलो जोडिले ५ ओभरमानै जित निकाल्न सफल भए । कैलालीका लागि ओपनर टेक रावतले सर्वाधिक १८ रन र सन्दीप बिष्टले १० को योगदान गरे । सोमबार कैलालीले आफ्नो लिग अन्तर्गतको अन्तिम खेल बैतडी सङ खेल्नेछ ।


२८ कात्तिक २०७८, आइतवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु