punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टी-२० विश्वकप छनोटको तयारी गर्न नेपाली महिला टिम बंगलादेश जाँदै

Chaupati
safha napa

आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्नअघि वैदेशिक तयारीका लागि नेपाली राष्ट्रिय महिला टिम आज बंगलादेश प्रस्थान गर्दैछ ।बंगलादेशमा नेपालले एक साता बिताउने छ । त्यस क्रममा नेपालले चार वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यूएईमा यही नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने छनोटअघि नेपालले बंगलादेशमा गएर तयारी गर्न लागेको हो ।बंगलादेशबाट फर्किएपछि नेपाली टोली कतार जानेछ । कतारसँग तीनवटा खेल खेलेपछि नेपाली टोली यूएई जानेछ ।

एसिया छनोटमा नेपालसहित यूएई, हङकङ, मलेसिया, कुवेत र भुटानले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको विजेता टोली ग्लोबल छनोटमा पुग्नेछ ।नेपालले पहिलो खेल नोभेम्बर २२ मा हङकङसँग खेल्नेछ । प्रतियोगिताको लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ ।

नेपाली टिम स् रुबिना क्षेत्री ९कप्तान०, डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई वैकल्पिक खेलाडी स् सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी


१८ कात्तिक २०७८, बिहीवार १५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु