धनगढीमा बि.सि.एम मोटर्स प्रा.लि सञ्चालनमा
धनगढीमा बि.सि.एम मोटर्स प्रा.लि सञ्चालनमा आएको छ । उक्त मोटर्स प्रा.लिको बिहिबार एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका हुन् ।
व्यवसायी टेकराज भट्ट, माधवराज जोशी, धन्नजय भट्ट र बासु खडायतको संयुक्त लगानीमा उक्त प्रा.लि सञ्चालमा लएका हुन । करिब तीन करोडको लागतमा आफुहरुले धनगढीस्थित चौराहामा बि.सि.एम मोटर्स प्रा।लि सञ्चालनमा ल्याएको सञ्चालहरुले बताएका छन् ।
सञ्चालक माधवराज जोशीका अनुसार पेट्रोल अटो, अटोका सम्पुर्ण पाटर्स पाइने बताए । यस्तै अहिले चार वटा मोडेलका अटोहरु आफ्नो प्रा।लि बाट किन्न मिल्ने उनले जानकारी दिए ।
टिभिएस किङ्ग डिलक्स, टिभिएस किङ्ग प्लस, टिभिएस किङ्ग डियुरो म्याक्स र टिभिएस किङ्ग कार्गो मोडलका पेट्रोल अटो रहेका छन् ।
१८ कात्तिक २०७८, बिहीवार १५:०४ बजे प्रकाशित













