punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जोरायलमा भलिवल प्रतियोगिता सुरु

Chaupati
safha napa

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ५ बडिगाड गड्सेरामा धर्मसिंह तुलसीदेवी स्मृति बृहत भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवा गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष देउवाले बडिगाड जस्तो ठाउँमा जिल्लास्तरकै भलिबल प्रतियोगिता राखेर यहाँका युवाहरुलाई खेलकुद प्रति आकर्षित भएको बताए । उनले भने,‘समय समयमा यस्ता प्रतियोगिता भइरहनुपर्छ, ता कि यूवाहरु कूलतमा नफसुन् ।’ स्वस्थ जीवनका लागि खेलकुद महत्वपूर्ण रहेको उनले बताए ।

मेखसिंह देउवाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा श्रवण देउवाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।


१८ कात्तिक २०७८, बिहीवार १५:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु