punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एस)को दाबी, यस्ता छन् थप निर्णय

Chaupati
safha napa

नेकपा (एकीकृत समाजबादी) सुदूरपश्चिम कमिटीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि मुख्यमन्त्रीमा दाबी गरिएको जनाएको छ । यही कार्तिक १० गते बसेको प्रदेश कमिटीले गरेको निर्णय सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै नेकपा (एस)ले प्रदेश सरकारको मुख्यमन्त्रीका लागि दाबी रहेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीको प्रदेश इन्चार्ज गरिमा शाहले प्रदेशको नेतृत्वका लागि पहल गर्न केन्द्रीय कमिटीमा अनुरोध गरिएको बताइन् । सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) सबैभन्दा ठूलो पार्टी भएकाले पनि प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने उनको भनाई छ ।

‘यसअघिको बैठकले प्रदेश सरकारको नेतृत्वका लागि मुखयमन्त्रीमा दाबी गर्ने निर्णसमेत भएको छ,’ उनले भनिन्, ‘यसका लागि यहाँबाट पार्टीको केन्द्रीय कमिटीलाई अनुरोध गरेका छौं ।’ उनले यसको अन्तिम निर्णय भने गठबन्धनले गर्ने बताइन् ।

नेकपा एमाले विभाजन भएर नेकपा (एस) पार्टी गठन भएपछि उसले प्रदेशको ठूलो दलको हैसियतमा प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने माग गर्दै आइरहेको छ । सुदूरपश्चिममा नेकपा माओबादी केन्द्रको नेतृत्वमा सरकार छ ।

सुदूरपश्चिममा १४ सांसदसहित नेकपा (एस) सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दल हो । १३ सांसदसहित माओबादी केन्द्र दोस्रो, १२ सांसदसहित नेपाली काँँग्रेस तेस्रो र १० सांसदसहित नेकपा एमाले चौथो हो भने जनता समाजबादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)का एक÷भए सांसद छन् ।

बैठकले गरेका अन्य निर्णयहरु सार्वजनिक गर्दै पार्टीको प्रदेश कमिटी सचिव दिनेशचन्द्र सुबेदीले आउँदो कात्तिक २० गते भित्र जिल्ला कमिटी गठन तथा विस्तार गर्ने, कात्तिक मसान्तसम्म स्थानीय तहका पालिका कमिटी, मंसिर १५ गतेभित्र सबै पालिकाका वडा कमिटी, मंसिर २० गते भित्र प्रदेश र संघीय निर्वाचन क्षेत्र कमिटी विस्तार गर्ने निर्णय गरिएको जानकारी दिए ।

साथै मंसिर ३ गते धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गर्ने, ४ र ५ गते केन्द्रीय स्कुल विभागको समन्वयमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण आयोजना हुने सचिव सुबेदीले जानकारी दिए । उनले अघिल्लो बैठकले प्रदेश कमिटीका पदाधिकारीहरुको कार्यविभाजन समेत गरिएको बताए ।

उनका अनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी शेरबहादुर कुँवरलाई दिइएको छ । त्यस्तै, स्कुुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुुखमा दिनेशचन्द्र सुुवेदी, कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुखमा दीर्घबहादुर सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ र महिला फाँट प्रमुखको जिम्मेवारी माया भट्टलाई दिइएको छ ।

बैठकले प्रदेश लेखा परीक्षण आयोग, प्रदेश अनुशासन आयोग र सल्लाहकार समितिसमेत गठन गरिएको सचिव सुबेदीले जानकारी दिए ।


१५ कात्तिक २०७८, सोमवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु