punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल–भारत मैत्री संघद्वारा बाढीपीडितलाई खाद्यान्न सहयोग

Chaupati
safha napa

नेपाल–भारत मैत्री संघले भीमदत्तका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । भीमदत्त नगरपालिका–१२ र १३ नं. वडाका बाढीपीडितका लागि सोमवार खाद्यान्न सहयोग गरेको हो ।

संघले भीमदत्त नगरपालिका –१२ का अध्यक्ष कृष्णसिंह देउवालाई ७० बोरा चामल र भीमदत्त नगरपालिका –१३ का कांग्रेस सभापति बिष्णुबहादुर सिंहलाई ३० बोरा चामल हस्तान्तरण गरेको संघका जिल्ला कोषाध्यक्ष राजेन्द्र केसीले बताए । उनका अनुसार अध्यक्ष देउवा र सभापति सिंहले बाढी पीडितलाई राहत दिनेछन् ।

मैत्री संघका केन्द्रीय सहअध्यक्ष सलेन्द्रमोहन झाको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष तुलबहादुर साउँद, प्रदेश उपाध्यक्ष हरिशंकर ठाकुर, महासचिव बोधकृष्ण सुवेदी, केन्द्रिय सदस्य जागृती बोगटी, जिल्ला अध्यक्ष दुर्गादत्त बोहोरा, निजी प्राविधिक शिक्षालयका सुप प्रदेश अध्यक्ष किशोर पाण्डेय, रेडक्रस सोसाइटीका केन्द्रिय सहकोषाध्यक्ष कमला ऐर र उद्योग वाणिज्य संर्घका पूर्ब केन्द्रीय सदस्य माधवप्रसाद भट्टको सहभागितामा राहत वितरण गरिएको थियो । भीमदत्तका वडा १२ र १३ गत साता आएको बाढीले अत्याधिक प्रभावित भएका थिए ।


१५ कात्तिक २०७८, सोमवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु