punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेपत्ता युवकको १४ दिनपछि शव भेटियो, तीन जना पक्राउ

Chaupati
safha napa

१४ दिन देखि बेपत्ता अछामका एक जनाको शव भेटिएको छ। कमलबजार नगरपालिका–५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव आज उनी बेपत्ता भएको स्थान गैरीटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको हो।

कमलबजार नगरपालिका–६ वीरपथका वडाध्यक्ष रामबहादुर शाहले तिमिल्सैनको शव बाँसको झारीमा भेटिएको जानकारी दिए। कार्तिक २ गते गैरीटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको प्रहरी र स्थानीयले व्यापक खोजी गरे पनि अवस्था पत्ता लाग्न सकेको थिएन।

अछाम जिल्लाका प्रहरी प्रमुख डएिसपी तुल्सीराम अर्यालसहितको टोली घट्नास्थल पुगेको छ। यसैबीच आक्रोसित तिमिल्सैनाका आफन्तले गैरीटाँड बजार बन्द गरेका छन् भने चक्का जाम समेत गरेका छन्।

असोज ३१ गते सदरमुकाम मंगलसेनबाट घर फर्किने क्रममा गैरीटाँडकै एक होटलमा बसेका तिमिल्सैना बेपत्ता भएको भनिएपनि गैरीटाँडमै उनको शव भेटिनुले घटना रहस्यमय बनेको आफन्तले जनाएका छन्।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ। मृतक तिमिल्सैनाको बुबा (तत्कालिन कुईका गाविस अध्यक्ष) नरेन्द्रप्रसाद तिमिल्सैना सशस्त्र द्वन्द्वकालदेखि बेपत्ता छन्।

 


१५ कात्तिक २०७८, सोमवार १६:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु