कैलालीमा जीप र बस ठोक्किँदा ५ जना घाइते
कैलालीका बस र जीप एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् ।जिल्लाको गोदावरी नगरपालिका –४ स्थित सेल्फी डाँडामा अत्तरीयाबाट बैतडी तर्फ जाँदै गरेको से.१ ज.९२० नम्बरको बोलेरो जीप र बिपरीत दिशा तर्फबाट आउँदै गरेको ना.४ ख. ८४२८ नम्बरको बस एकआपसमा ठोक्किँदा जीपमा सवार ५ जना घाइते भएका हुन् ।
घाइते हुनेमा बैतडी दशरथचन्द ९ ग्वाल्लेक बस्ने ३० वर्षका नरेश जोशी, वडा नम्बर ३ बस्ने वर्ष २० का बिरेन्द्र नाथ, पाटन नगरपालिका ९ खोडपे बस्ने वर्ष १८ का महेशसिंह भाट, कैलालीको गोदावरी नगरपालिका ५ गेटा बस्ने वर्ष ६० का रामदत्त भट्टराई र कञ्चनपुरको कृष्णपुर ५ बस्ने वर्ष १८ का दीपक जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइतेहरुको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको छ ।
२७ असोज २०७८, बुधवार १३:५१ बजे प्रकाशित













